Description
विषेस 5 किसिमको तुलसी बाट तयार पारिएको छ |
1) श्याम तुलसी,
2) राम तुलसी,
3) श्वेत/विष्णु तुलसी,
4) वन तुलसी,
5) नींबू तुलसी
१. पंच तुलसी रसको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने कफ निकाल्छ । छातीको दुखाइ पनि कम गर्छ । तुलसीको अद्भूत क्षमताले स्वास प्रणालीको झिल्लीमा पनि सकारात्मक प्रभाव पार्दछ ।
२. निमोनिया वा मलेरियाको ज्वरोमा पंच तुलसी रस र मरिचको तीन दाना एक चम्चा पानीमा घोलेर केही दिन पिउँदा ज्वरो निको पार्दछ ।
४. पंच तुलसी रसलाई दुधसँग मिसाएर सेवन गर्दा थप लाभ गर्छ । यस्तो मिश्रण खाली पेटमा सेवन गर्दा प्रभावकारी हुन्छ । यदि कसैलाई दम वा श्वासप्रश्वास सम्बन्धी समस्या छ भने दुध र पंच तुलसी सेवन गर्नुपर्छ । बिहान खाली पेटमा नियमित दुध र पंच तुलसी सेवन गर्दा फाइदा हुन्छ ।
५. टाउको दुख्ने समस्या छ भने पनि पंच तुलसीको रस र दुधको मिश्रण उपयोगी हुन्छ । यसले हरेक उमेरका व्यक्तिलाई मद्दत गर्छ । माइग्रेन जस्तो समस्यामा पनि यो उत्तिकै लाभदायक हुन्छ । यसैगरी, मुटुसम्बन्धी समस्या हुने व्यक्तिले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नुपर्छ ।
६. पानीको मात्रा अनुसार पंच तुलसीको रस हाल्नाले पानी शुद्ध एवं किटाणुरहित बन्छ।
७. रुघाखोकी,ज्वरो, आलश्यता, अरूचि आदि रोगको लागि पंच तुलसीको रस चिया अथवा तातो पानीमा ३-४ थोपा हालेर खानाले यी रोगहरू दूर हुन्छन्। तर यसको प्रयोग नियमित हुनुपर्छ।
८. सानासाना बच्चाको घाँटी असजिलो भएमा वा रूघाखोकीले सताएमा पंच तुलसीको रस पिलाएमा आराम हुन्छ। साना बच्चाको पेट फुलेमा पनि उमेर अनुसार ४-७ थोपस तुलसीको रस पियाउनाले आराम हुन्छ।
९. पंच तुलसी रसलाई पानीमा उमालेर शरीरको दुखेको भागमा बाफ दिनाले दुखेको ठाउँमा आराम हुन्छ। तुलसीको रस लगाउने लामखुट्टेले टोकेको समेत आराम मिल्छ।
१०. स्त्रीको मासिकको समयमा अत्याधिक रक्तश्राव भएमा वा रिगंटा लागेमा पंच तुलसीको रसमा मह मिलाएर खानाले लाभ हुन्छ।